शनिवार, कार्तिक ८ गते २०८३

कमाउन मलेसिया पुगेकी सन्जिता उतै अस्ताईन्

आइतवार , श्रावण ३१, २०७८

काठमाडौं । मलेसिया विशेषगरी अदक्ष नेपाली कामदारका लागी आकर्षक गन्तव्य माान्छि ।  रोजगारीका लागी भारतपछि मलेसियामा धेरै नेपाली पुग्ने गछर्न । तर मलेसियामा कामदारहरु मृत्युको घटना पनि धेरैनै हुने गरेको छ । रोजगारीका लागी मलेसिया पुगेका कति नेपाली विभिध कारण उतै अस्ताउन बाध्य छन् ।

यस्तै नियति नुवाकोटकी चेली सन्जिता थिङ तामाङले भोग्नुपर्यो ।  मलेसियामा कार्यरत उनको शनिबार उपचारका क्रममा निधन भएको समाचारमा बताइएको छ । तामाङको नेपाल घर नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकामा हो । २६ वर्षीया तामाङको टाउकोमा पानी जमेको थाहा भएपछि उनलाई अस्पताल लगिएको थियो ।

तर उपचार सफल हुन नसकेपछि उनको क्वालालम्पुरस्थित स्थानीय टोङसिङ अस्पतालमा मृत्यु भएको हो । तामाङ विगत २ वर्षदेखि क्वालालम्पुरको नेपाली रेष्टुरेन्ट ‘मेरी बास्सै’ मा कार्यरत थिइन् । उनको शव आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाइने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार