बुधवार, आश्विन १४ गते २०८३

कास्की केन्द्र बिन्दु भएर दोस्रो पटक भूकम्पको धक्का महसुस

बुधवार , जेठ १५, २०८२

काठमाडौं । कास्कीको फुलिबाङ आसपास केन्द्रविन्दु भएर आज दोस्रो पटक भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको अन्नपूर्ण क्षेत्र आसपास केन्द्र बनाएर बुधबार दिउँसो १२ बजेर ५० मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रका अनुसार आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्कीकै फूलिबाङ आसपास केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसअघि जेठ १२ गते जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार