काठमाडौं । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । आइतबार सुनको भाउमा १ हजारले बढेर छापावाल सुन तोलाको ९० हजार ७ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार प्रतितोला कारोबार मूल्य ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार दुई सय रुपैयाँ तोकेको छ । शुक्रबार ८९ हजार २ सय रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्यमा पनि आइतबार तोलामा २० रुपैयाँ बृद्धि भएको छ । शुक्रबार एक हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला एक हजार २०५ रुपैयाँ पुगेको छ । सुनको सिजन हरितालिका तिज नजिँकिदै छ । नेपाली महिलाहरुले विशेष गरी विहेवारी बाहेक तिजमा सुनका गरगहना खरिद गर्ने गर्दछन् । तिज नजिँकिदै गर्दा सुनको मुल्य फेरी वृद्धी हुँदे गएको छ ।