बुधवार, आश्विन १४ गते २०८३

जन्मकैद सजाय भएका कांग्रेस नेता अफताब आलमलाई उच्च अदालतबाट सफाइ

बुधवार , जेठ १५, २०८२

काठमाडौँ । बम विस्फोट गरी व्यक्ति हत्याको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमले उच्च अदालत वीरगञ्ज इजलासबाट सफाइ पाएका छन् ।

जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतले जिल्लाको फैसलालाई उल्ट्याएर आलमलाई सफाइ दिएको छ ।

२०७६ असोजमा बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोप आलममाथि थियो । संविधानसभा निर्वाचनको अघिल्लो राति २०६४ चैत २७ गते रौतहटको राजपुरस्थित इँटाभट्टामा त्रिलोकप्रताप सिंह, ओशी अख्तरसहित घाइतेलाई जिउँदै जलाएर हत्या गरेको आरोप थियो ।

घटना भएको १२ वर्षपछि उनी पक्राउ परेर थुनामा थिए । आलमलाई दोषी सावित गर्ने पर्याप्त प्रमाण नभेटिएको ठहर गर्दै उच्च अदालतले सफाइ दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार