आइतवार, आश्विन १८ गते २०८३

बुधबार जेलमुक्त भएका अफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार जारी

शुक्रवार , जेठ १७, २०८२

काठमाडौँ । बुधबार जेलमुक्त भएका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ । 

आज बिहान ७ बजे उनलाई मस्तिष्कघात भएको र परिवारका सदस्यले १० बजे काठमाडौँको माइतीघरमा रहेको अन्तपूर्ण न्युरो अस्पतालमा पुर्‍याएको अस्पताल स्रोतले जनाएको छ।

उनको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ ।  उनले उच्च रक्तचाप, मधुमेहलगायत रोगको औषधि सेवन गरिरहेका थिए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार