आइतवार, आश्विन १८ गते २०८३

आजदेखि नारायणहिटी दरबार आसपास निषेधाज्ञा, राजावादीको आन्दोलन जारी रहने

शनिवार , जेठ १८, २०८२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन् ।

राजावादी समर्थकहरूले शनिबार दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि सीडीओले शनिबारदेखि नै लागू हुने गरी असार २४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको आदेश जारी गरेका हुन् ।

सीडीओ ऋषिराम तिवारीले जारी गरेको सूचनामा दरबारमार्ग, केशरमहल, जयनेपाल हल क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन र नारा जुलुस धर्ना लगायतका कार्यक्रम गर्न निषेध गरिएको छ ।

यसबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेपछि राजावादी समूहको संयुक्त जनआन्दोलन समितिले शनिबारको पूर्वनिर्धारित प्रदर्शनस्थल परिवर्तन गरेको छ। दरबारमार्गमा हुने भनिएको प्रदर्शन शान्ति बाटिका रत्नपार्कमा तय भएको समितिका संयोजक नवराज सुवेदीद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ ।

उनले शनिबारदेखि नै लागू हुने गरेर सरकारले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा घोषणा गरेर नागरिकको मानव अधिकार र प्रजातान्त्रिक स्वतन्त्रतामाथि फेरि एकपटक कुठाराघात गरेको आरोप लगाए। संयुक्त जनआन्दोलन समितिले वर्तमान व्यवस्था विरुद्ध बिहीबारदेखि आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार