आइतवार, आश्विन १८ गते २०८३

वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

आइतवार , जेठ १९, २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन वाईसीएल, नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ।

आइतबार दिउँसो १२ बजे प्रज्ञा भवन कमलादीमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उदघाटन गर्ने कार्यक्रम छ। 

संगठनको नयाँ नेतृत्व चयन गर्दै आगामी मंगलबार सम्मेलन सम्मेलन सम्पन्न हुने वाईसीएलका नेताहरुले बताएका छन्।  सम्मेलनमा देशभरबाट २ हजार भन्दै प्रतिनिधि तथा पर्यवेक्षक सहाभागी हुँदैछन्। २०७४ मा दोस्रो सम्मेलन गरेको वाईसीएलले आठ वर्षपछि तेस्रो सम्मेलन गर्न लागेको हो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार