आइतवार, आश्विन १८ गते २०८३

प्रदर्शनका क्रममा पूर्वगृहमन्त्री कमल थापालाई लछारपछार पार्दै नियन्त्रणमा लियो प्रहरीले 

आइतवार , जेठ १९, २०८२

काठमाडौं । राजावादीहरूको प्रदर्शनका क्रममा शाहीकालीन गृहमन्त्री कमल थापालाई प्रहरीले लछारपछार पार्दै नियन्त्रणमा लिएको छ । राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापालाई प्रहरीले काठमाडौंको नक्सालस्थित नारायण चौरबाट नियन्त्रणमा लिएको हो ।

राजावादीको भिड भड्काउने गरी अभिव्यक्ति दिएको कारण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जेठ १५ गते गणतन्त्र दिवसकै दिन पारेर राप्रपा, राप्रपा नेपाललगायत राजावादी संगठनले प्रदर्शन गरिरहेका छन् । राजावादीको जुलुस आज पनि बालुवाटार क्षेत्र पुगेको थियो ।

उनीहरूले बालुवाटारमा निषेधित घेरा तोड्ने प्रयाससमेत गरेका थिए । केहीबेर प्रहरी र राजावादी आन्दोलनकारीबीच धकेलाधकेल भएको थियो । राजावादीले काठमाडौंको नारायणहिटी आसपास पनि प्रदर्शन गर्ने तयार गरेपछि उक्त क्षेत्र प्रशासनले निषेधित घोषणा गरेको थियो ।

२०६२–६३ को जनआन्दोलन उत्कर्षमा पुगिरहँदा गृहमन्त्री थापा नै थिए । त्यसबेला लोकतन्त्रको पक्षमा भइरहेको आन्दोलनका सहभागीहरूमाथि गोली चलाउन र ठूलो संख्याका नेता–कार्यकर्तामाथि धरपकड गर्न आदेश दिने थापा नै थिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार