आइतवार, आश्विन १८ गते २०८३

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी

सोमवार , जेठ २०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी रहेको छ । बैठक दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ ।

बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट तथा सासामयिक विषयमा छलफल गरिने बताइएको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको माओवादी केन्द्रसहितका विपक्षी दलहरुले राजीनामा माग गरेका छन् ।

बजेट ल्याउन दिए पनि संसद्का अन्य काममा उनीहरूले अवरोध गरिरहेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठक बस्न लागेकाले उक्त बैठकमा के गर्ने भन्नेबारेमा पनि छलफल हुने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार