बुधवार, आश्विन १४ गते २०८३

नयाँ बसपार्कमा व्यवसायीले पार्किङ स्थलमै थन्काए सार्वजनिक यातायात

सोमवार , जेठ २०, २०८२

काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । सातवटै प्रदेशले दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिने प्रावधान ल्याउन लागेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

देशभर यातायात ठप्प पारेका यातायात व्यवसायीले आफ्ना सवारी साधान पार्किङ स्थलमै थन्काएका छन् । काठमाडौंको नयाँ बसपार्कमा पनि सयौँ गाडी यसरी नै थन्किएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार