काठमाडौं । नेपाली कांग्रेसले गणतन्त्रको पक्षमा काठमाडौंमा आमसभा गर्ने भएको छ । पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले आमसभा गर्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन् ।
उनले भने, ‘संविधानको पक्षमा सभा गर्ने भन्ने भएको छ । मिति र स्थान चाहिँ आगामी बैठकले तय गर्नेछ, ।’ जेठ १५ गते गणतन्त्र दिवसकै दिन नेकपा एमालेले उत्सव भन्दै काठमाडौंमा झाँक्रीसहितको र्याली निकालेको थियो भने राजावादीहरू पनि त्यही दिनदेखि गणतन्त्रको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
सत्ता साझेदार प्रमुख दल कांग्रेसले पनि संविधान र गणतन्त्रको पक्षमा सभा गर्न लागेको हो ।