आइतवार, आश्विन १८ गते २०८३

संयुक्त छलफलमा प्रमुख चार दलसंँग सभामुख घिमिरे

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् ।

प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यको प्रयास स्वरूप सभामुखले चार दलसँग संयुक्त छलफल थालेका हुन् । यसअघि उनले छुट्टाछुट्टै पनि छलफल गरेका थिए । गृहमन्त्रीको राजीमाना माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले लगातार सदनमा अवरोध गरिरहेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार