आइतवार, आश्विन १८ गते २०८३

४ बजेलाई सारियो प्रतिनिधिसभाको बैठक

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक फेरि सरेको छ । संसद् सचिवालयले दोस्रोपटक सूचना टाँस गर्दै अपराह्न ४ बजेसम्मका लागि  बैठक सरेको हो ।

बिहान ११ बजे सुरु हुने भनिएको बैठक दलहरूबीच सहमति नहुँदा दिउँसो २ बजेसम्मका लागि सरेको थियो । २ बजेसम्म पनि सदनको गतिरोध अन्त्य गर्न विपक्षी दल तयार नभएपछि ४ बजेसम्मका लागि सारिएको हो ।

विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् ।

सत्तापक्ष उच्चस्तरी छानबिन समिति बनाउनुपर्ने विपक्षीको माग रहेको छ । तर सत्तापक्षले भने यसमा सहमति जनाएका छैनन् ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार