आइतवार, आश्विन १८ गते २०८३

प्रतिपक्षी दलहरूले अवरुद्ध गरेपछि संसद् बैठक भोलिसम्म स्थगित

बिहिवार , जेठ २३, २०८२

काठमाडौँ । संसद् बैठकमा बिहीबार पनि प्रतिपक्षी दलहरूले अवरोध गरेपछि शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

बिहीबार अपराह्न सुरु भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले उभिएर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको सूचना सुनाएका छन् । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा र एकीकृत समाजवादीले बैठकमा अवरोध गरेका थिए ।

सभामुख देवराज घिमिरेले सांसदहरूलाई बसेर कार्यसूचीमा प्रवेश गर्नका लागि अनुरोध गरे पनि सांसदहरूले मानेनन् । सभामुख घिमिरेले भनेका थिए, ‘आफ्नो मात्रै कुरा राखेर सभा सञ्चालन हुन सक्दैन, दलीय रूपमा समय दिनेछु । विधिसम्मत ढङ्गले सभा सञ्चालन गर्ने वातावरण तयार गर्नुस् ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार