बुधवार, आश्विन १४ गते २०८३

मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु

आइतवार , जेठ २६, २०८२

काठमाडौँ ।  झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जना सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु भएको छ। 

गएराति पूर्वपश्चिम राजमार्गमा पर्ने कमल गाउँपालिका- ३ सानो केर्खामा प्र१-०२-००५२प ७०२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको हो।

मोरङ कानेपोखरी गाउँपालिका- ४ घर भएका उनी हाल इलाम सशस्त्र प्रहरी बल (बीओपी)को समालबुङ पोस्टमा कार्यरत थिए। पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका राजबंशीको  बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

शव पोस्ट मार्टमका लागि लैजाने तयारी भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी खड्काले बताए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार