बुधवार, आश्विन १४ गते २०८३

जडीबुटी-पेप्सीकोला सडकको अवैध संरचना हटाइयो

आइतवार , जेठ २६, २०८२

काठमाडौँ । सडक विभाग र काठमाडौं महानगरपालिकाले जडीबुटी-पेप्सीकोला खण्डभित्र सडक सीमामा रहेका भित्रका संरचना हटाउन अल्टिमेटम दिएपछि अहिले धमाधम हटाउन थालिएको छ ।

३५ दिनको अल्टिमेटम दिएपछि अहिले घरधनी आफैंले संरचना हटाउन थालेका हुन् । अधिकांशले भने अझै हटाउन मानेका छैनन् ।

सीमा क्षेत्रभित्र नक्सा पासविना बनाइएका अनधिकृत संरचना व्यक्ति आफैँले हटाउनुपर्ने र त्यसका लागि ३५ दिनको समय दिइएको थियो ।

मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँबाँया १५/१५ मिटर सडकको सीमा कायम भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार