आइतवार, आश्विन १८ गते २०८३

बानेश्वरमा विपक्षी दलहरूको बैठक जारी

आइतवार , जेठ २६, २०८२

काठमाडौं । विपक्षी दलहरूको बैठक जारी रहेको छ ।

संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसिरहेको हो । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।

सभामुख घिमिरेले पटक पटक संसद् अवरोध अन्त्य गर्ने प्रयास गरिरहेका छन् । यद्यपि बैठक सञ्चालन हुन भने सकेको छैन । यसैबीच शीर्षस्त नेताहरूबीच पनि संसद्को अवरोध खुलाउनेबारेमा छलफल भइरहेको हो ।

बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायत सहभागी भएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार