बुधवार, आश्विन १४ गते २०८३

नागढुंगा–नौबिसे सडक आजदेखि थप ५ दिन बन्द हुने

सोमवार , जेठ २७, २०८२

काठमाडौँ । त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडक स्तरोन्नतिको काम भइरहेको छ। बर्खाअघि नै सडक स्तरोन्नति सक्न दिउँसोको समयमा पनि यातायात बन्द गरेर काम भइरहेको छ।

यसअघि जेठ ६ गतेदेखि २५ गते सम्मका लागि दिउँसोको समयमा यातायात बन्द गरिएको थियो। त्यो भन्दा अगाडि रातिको समयमा मात्रै यातायात बन्द गरेर स्तरोन्नतिको काम हुँदै आएको थियो। तर स्तरोन्नितको काम अझै बाँकी भएकाले थप पाँच दिन सडक बन्द गरिने विभागले जनाएको छ।

आइतबार विभागले सूचना जारी गरेर शुक्रबारसम्म सडक बन्द हुने जनाएको छ। दिउँसोको समयमा उक्त सडक खण्ड बन्द हुने भएकाले साना सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ। सीतापाईला–रामकोट –धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशुली (विदुर)–गल्छी सडक वैकल्पिक रूट प्रयोग गर्न भनिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार