काठमाडौं । पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता ४३ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
पौडी खेल्ने क्रममा आइतबार साँझ पोखरा महानगरपालिका– ३१ माझीकुनास्थित बेगनास तालमा एक पुरुष बेपत्ता भएका थिए । पौडी खेल्दा बेपत्ता भएका गोरखाको शहिद लखन गाउँपालिका– ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठको शव तालको गहिराइमा फेला परेको हो । उनी जेठ २५ गते साँझ साढे ७ बजे बेपत्ता भएका थिए ।
बेपत्ता श्रेष्ठ कास्कीको पोखरा घुम्न आई लेकवेभ होटलमा बस्दै आएका थिए । उनको खोजीका लागि सशस्त्र प्रहरी बल नम्बर २४ कालीका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको टोली परिचालन गरिएको थियो ।
उनीहरुले सोमबार बिहान १० बजेतिर श्रेष्ठको शव तालको ३५ फिट गहिराइबाट बाहिर निकालेका हुन् ।