आइतवार, आश्विन १८ गते २०८३

सबैखाले प्रतिगमनका विरुद्ध खरो र दरो साबित गर्नुस् : अध्यक्ष प्रचण्ड

सोमवार , जेठ २७, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।

नवनिर्वाचित योङ कम्युनिष्ट लिग (वाईसीएल नेपाल) का पदाधिकारीलाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले यस्तो प्रयास गरिरहेको बताए पनि ती शक्ति को हुन् भनेर खुलाएका छैनन् । उनले भने, ‘अब कहीँ न कहीँ प्रतिक्रियावादी, प्रतिगमनकारीहरूले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भन्ने षड्यन्त्र पनि छन्, ।’

अध्यक्ष प्रचण्डले थपे, ‘कहीँ न कहीँ फेरि जनयुद्धको, माओवादी आन्दोलनको, वाईसीएलको, युवाहरूको, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोसिसहरू पनि भइराखेकै छन् ।’ उनले नवनिर्वाचित कार्यसमितिलाई पार्टीको आदेशमा सबैखाले प्रतिगमनका विरुद्ध खरो र दरो उभिन आग्रह गरेका छन् ।

उनले भने, ‘नवनिर्वाचित तपाईँहरूको पदाधिकारीको टिम पक्कै पनि यो जनरल स्टाफ जस्तै हो । वाईसीएल नेपालको जनरल स्टाफ नै हो यो, तपाईँहरूले पार्टीको नेतृत्व आदेशमा सबै खाले प्रतिक्रियावाद र प्रतिगमनका विरुद्ध आफूलाई खरो र दरो साबित गर्नुहुनेछ ।’

अध्यक्ष प्रचण्डले वाईसीएलको पदाधिकारी ठूलो बने पनि नेतृत्वको केन्द्रीकरण भएको बताएका छन् । वाईसीएलको ७५ सदस्यीय पदाधिकारी चयन भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार