काठमाडौं । काठमाडौंका दुई फरक ठाउँ स्युचाटार र सानो भर्याङमा चोरी भएको छ ।
नागार्जुन नगरपालिका-२ सानो भर्याङ डेरा गरी बस्ने दाङ तुलसीपुर नगरपालिका-१९ घर भएका २४ वर्षीय ज्ञानेन्द्र महराको कोठामा चोरी भएको छ । उनको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
यसैगरी नागार्जुन नगरपालिका-१० स्युचाटार डेरा गरी बस्ने कञ्चनपुर घर भएका ४० वर्षीय लोक राज जोशीको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।