आइतवार, आश्विन १८ गते २०८३

जिल्ला अदालत काठमाडौंमा प्रधानन्यायाधीश राउतले गरे छड्के अनुगमन

सोमवार , जेठ २७, २०८२

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले काठमाडौं जिल्ला अदालतमा छड्के अनुगमन गरेका छन् । केहीबेर अघिदेखि उनले त्यहाँ छड्के अनुगमन गरिरहेको राउतको सचिवालयले जनाएको छ ।

उनी आकस्मिक रुपमा अदालत परिसर पुगी सेवाग्राहीसँग अन्तर्क्रिया गरेका थिए । उनी न्यायपरिषद्का केही कर्मचारीहरू लिएर जिल्ला अदालत पुगेका हुन् ।  

यसअघि उनी गत चैत १९ गते सर्लाही जिल्ला अदालतमा पनि छड्के अनुगमनका लागि पुगेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार