आइतवार, आश्विन १८ गते २०८३

अनेरास्ववियुको अध्यक्षमा सुजनको नाम प्रस्ताव गरिएपछि असन्तुष्टहरुले गरे नाराबाजी

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि असन्तुष्टहरुले नाराबाजी गरेका छन् ।

कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दावी गरेका छन् । तर एमाले अध्यक्ष एवं प्रधानमन्त्रीको समर्थन कडरियालाई हुँदा अध्यक्ष मण्डलबाट उनकै नाम प्रस्ताव गरिएको छ । अध्यक्ष मण्डलले प्रस्ताव गरेको नामप्रति अरु आकांक्षीले सहमति जनाएका छैनन् । अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले आकांक्षा राखेका छन् ।

आकांक्षीहरुबीच सहमतिको प्रयास सफल नभएपछि अध्यक्ष मण्डलले हलमा नाम प्रस्ताव गरेका थिए । प्रस्ताव अनुसार कडरिया अध्यक्ष, प्रकाश पौडेल र अञ्जना सिवाकोटी उपाध्यक्ष र दीपक धामीलाई महासचिव प्रस्ताव गरिएको छ ।

यति प्रस्ताव हुनासाथ हलमा निर्वाचनको माग राखेर नाराबाजी भयो । र प्रस्ताव गरिएको प्रक्रिया पनि रोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार