बुधवार, आश्विन १४ गते २०८३

पश्चिमबाट पूर्व सर्दै पानी पार्ने प्रणाली, सतर्कता अपनाउन चेतावनी

बुधवार , जेठ २९, २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गरेकाले होसियारी अपनाउन सुझाव दिएको छ। 

महाशाखाले आज (बुधबार) बिहान साढे ६ बजेतिर चेतावनी जारी गर्दै भनेको छ: हाल देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकास भई यी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ र यो प्रणाली पूर्वतिर सर्दै गइरहेको छ।त्यसैले आवश्यक सतर्कता अपनाउनुहोला।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार