काठमाडौं । झापा प्रहरीले एक युवकलाई भैँसी चोरी गरेको आरोपमा पक्राउ गरेको छ ।
झापा गाउँपालिका– ६ निवासी १९ वर्षीय विनोद बाँनिया चोरी गरेको भैँसी किन्ने ग्राहक खोजी गरिरहेको अवस्थामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आफ्नै छिमेकी खगेन्द्रकुमार कार्कीको भैँसी चराउनको लागि बाँझो खेतमा पगाहा लगाएको स्थानबाट चोरी गरेर उनले बिक्रीका लागि झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाको सीमानामा पर्ने बिरिङ खोला पुर्याएरका थिए ।
उनी भैँसी खरिद गर्ने ग्राहक खोजी गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । भैँसी खरिद गर्न आएका व्यापारीले नै युवकले भैँसी चोरी गरि ल्याएको आशंका गरेर प्रहरीललाई खबर गरेका थिए । त्यसपछि पुगेका प्रहरीले ती युवकलाई भैँसीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई झापा जिल्ला अदालतबाट मंगलबार पाँच दिनको म्याद थप गरी चोरी सम्बन्धि कसूरमा थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ ।