आइतवार, आश्विन १८ गते २०८३

सभामुखसँग प्रमुख सचेतकहरूको छलफल जारी

बुधवार , जेठ २९, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेसँग प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको छलफल जारी छ । सदनको गतिरोध अन्त्यका विषयमा सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकसहित नेताहरूसँग सभामुख घिमिरेले छलफल गरेका हुन् ।

छलफलमा उपसभामुख इन्दिरा रानामगर पनि सहभागी छिन् । सत्तारुढ दलका मुख्यसचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी भएका छन् । 

तर सदन खुलाउने विषयमा सहमति नजुटेको नेताहरूले बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने भन्दै विपक्षीले उच्चस्तरीय समिति गठनको माग गर्दै आएका छन् । सत्तापक्षले भने यसमा सहमति जनाएका छैनन् ।   

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार