बुधवार, आश्विन १४ गते २०८३

अनावश्यक रूपमा जनसवाल दैनिकको बदनाम गर्न खोजियो : सम्पादक बगाले

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । जनसवाल दैनिकका प्रकाशक तथा सम्पादक रामजी बगालेले आफु माथी लागेको आरोपको स्पस्टीकरण दिएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फेक बिज्ञापन गरेको भन्दै बिशेष अदालतमा मुद्दा दर्ता गरे पछि उनले आफु र आफ्ना कर्मचारीवाट त्यस्तो काम नै नभएको बताएका छन् । बुधवार एक प्रेस बिज्ञप्ति जारी गर्दै सम्पादक बगालेले हरेक दिन प्रेस काउन्सिल नेपालमा बुझाउने हार्ड कपि पत्रीका र पिडिएफ फाइलमा सो बिज्ञापन नभएको, सो बिज्ञापन कहिल्यै नछापिएको र हाल स्थानिय तहको कारोबार बैंकिङ प्रक्रियावाट हुने गरेको स्मरण गर्दै उनले कुनै पनि प्रकियावाट रकम पनि आफ्नो कम्पनिमा नआएको बताएका हुन ।

जनसवाल राष्ट्रिय दैनिक पत्रिकामा फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन आजको मितिसम्म कहिल्यै छापिएको छैन्, यससम्बन्धमा प्रेस काउन्सिल नेपालको अभिलेखलाई हेर्दा पनि स्पष्ट हुन्छ किनकि हाम्रो प्रकाशनबाट प्रकाशित सबै अंक पत्रिका पहिलेदेखि नै त्यहाँको रेकर्डमा हार्डकपि र डिजिटल कपि रहने गरेको छ । उनले आज बिज्ञप्ति जारी गर्दै भनेका छन, अख्तियारको आरोप पत्र हेर्दा कसैले हाम्रो जानकारी विना नै अनधिकृत तरिकाले जनसवाल राष्ट्रिय दैनिकको नक्कली पत्रिका छपाई गरेर या फोटोकपी गरेर भुक्तानी लिई हाम्रो बदनाम गर्ने तथा अनियमितता गरेको देखिन्छ ।

उनले जनसवालले उक्त नगरपालिका बाट कुनै पनि रकम नलिएको जनाएका छन । फतुवा बिजयपुर नगरपालिकाबाट जनसवाल पब्लिकेसन्स र जनसवाल राष्ट्रिय दैनिकका नाममा आजको मितिसम्म एक रुपैयाँ पनि रकम नआएको जानकारी गराउँदछु । जुन हाम्रो पत्रिकाको प्रभु बैंकमा रहेको खातामा चेक गर्न पनि म सरोकारवाला निकायलाई आग्रह गर्न चाहन्छु । उनले भनेका छन, ‘अहिले सरकारी कार्यालयको भुक्तानी बैंकमार्फत मात्रै हुने गर्छ, नगरपालिका, गाउँपालिका र सरकारी कार्यालय या कुनै एजेन्सी र व्यक्तिबाटसमेत हाम्रो पत्रिकाको खातामा रकम आएको छैन, सो सम्बन्धमा हामीले पनि आवश्यक छानबिनसमेत गरिरहेका छौं र सो कार्यमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन सरोकार निकायलाई आग्रहसमेत गर्दछौ । यो विषयमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरोकारवाला निकायको पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले अगाडी प्रेस बिज्ञप्तिमा भनेका छन, हाल हुँदै नभएको र गर्दै नगरेको बिषयमा नियोजित ढङ्गले हामीलाइ फसाउन खोजेको देखिन्छ, आफ्नो कुनै पनि संलग्नता र जानकारी नै नभएको बिषयमा हाम्रो बदनाम गराउने तवरबाट गरिएको उक्त कार्यको निन्दा गर्दै छिट्टै कानुनी उपचारमा जाने पनि जानकारी गराउन चाहन्छु ।

उक्त बिज्ञप्ती जस्ताको तस्तै :
प्रेस विज्ञप्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन प्रकाशन नगरि रकम लिएर भ्रष्टाचारजन्य कार्यमा मतियार गरेको भन्दै २०८२ जेठ २६ गते विशेष अदालत, काठमाडौंमा दायर गरेको आरोपपत्रमा जनसवाल राष्ट्रिय दैनिकको नामसमेत जोडेर यस दैनिकका सम्पादक रामजी बगालेलाई प्रतिवादी बनाइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

हाम्रो पत्रिका, जनसवाल दैनिक, देशको संविधान, ऐन कानुनको परिधिमा रही पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सबै तहका भ्रष्टाचार तथा अनियमितता विरुद्ध निरन्तर कलम चलाउँदै सुशासन प्रवर्द्धनमा योगदान गर्दै आएको सर्वविदितै छ । देशको चौथो अंगको भूमिकामा रहेर सुशासनको पक्षमा कलम चलाउँदै आएको सन्चारमाध्यम हामी आफैं यस्तो कार्यमा संलग्न हुने कुरा सोच्नसमेत नसक्ने प्रस्ट पार्न चाहन्छौं ।

जनसवाल राष्ट्रिय दैनिक पत्रिकामा फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन आजको मितिसम्म कहिल्यै छापिएको छैन । यससम्बन्धमा प्रेस काउन्सिल नेपालको अभिलेखलाई हेर्दा पनि स्पष्ट हुन्छ । हाम्रो प्रकाशनबाट प्रकाशित प्रत्येक अंक पत्रिका सुरुदेखि नै त्यहाँको रेकर्डमा हार्डकपि र डिजिटल कपि रहने गरेको छ । अख्तियारको आरोपपत्र हेर्दा कसैले हाम्रो जानकारी विना नै अनधिकृत तरिकाले जनसवाल राष्ट्रिय दैनिकको नाममा नक्कली पत्रिका छपाई गरेर या फोटोकपी गरेर भुक्तानी लिई अनियमितता गरेको देखिन्छ । फतुवा बिजयपुर नगरपालिकाबाट जनसवाल पब्लिकेसन्स र जनसवाल राष्ट्रिय दैनिकका नाममा आजको मितिसम्म एक रुपैयाँ पनि रकम नआएको जानकारी गराउदछु । यस पत्रिकाको नाममा प्रभु बैंकमा रहेको खाता चेक गर्न पनि हामी  सरोकारवाला निकायलाई आग्रह गर्न चाहन्छौं । अहिले सरकारी कार्यालयको भुक्तानी बैंकमार्फत मात्रै हुने गर्छ । नगरपालिका, गाउँपालिका र सरकारी कार्यालय या कुनै एजेन्सी र व्यक्तिबाटसमेत हाम्रो पत्रिकाको खातामा रकम आएको छैन । सोसम्बन्धमा हामीले आफै पनि अनुसन्धान गरिरहेका छौं र सो कार्यमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रहसमेत गर्दछौ । यो विषयमा सत्य तथ्य छानबिन गरी सार्वजनिक समेत गरिदिन हामी  अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत अन्य  सरोकारवाला निकायलाई पनि  आग्रह गर्दछौं  ।

यो म स्वयम्  र जनसवाल केन्द्रित प्रहार हो । कुनै व्यक्ति वा समूहले विना प्रमाण कसैलाई आरोप लगाउँदा आरोप पुष्टि नहुँदै यसरि चरित्र हत्या गरिनु नेपालको ऐननियम र संविधानविपरित छ । यो विषयमा हामीमाथि पूर्ण अन्याय भएको छ । आफ्नो कुनै पनि संलग्नता र जानकारी नै नभएको विषयमा हाम्रो बदनाम गराउने तवरबाट गरिएको उक्त कार्यको निन्दा गर्दै छिट्टै कानुनी उपचारमा जाने पनि जानकारी गराउन चाहन्छु । हुनत सम्मानित अदालतबाट हामीमाथि लागेको आरोप खारेज हुनेछ  भन्नेमा हामी ढुक्क छौ ।

यस प्रकरणमा  जनसवाल राष्ट्रिय दैनिकको कुनै संलग्नता नरहेको पुनः स्पष्ट पार्दै  कुनै किसिमको भ्रममा नपर्न हाम्रा सम्पूर्ण पाठकवर्ग, शुभचिन्तक, विज्ञापनदाता र सरोकारवाला सबैमा अपिल गर्दछौं ।  म जनताको पक्षमा कलम चलाउने कलमजिवी सधै तपाईहरुकै साथमा रहने र आफ्नो कलम थप तिखार्दै जाने जानकारी समेत गराउँदछु ।

रामजी बगाले
सम्पादक  
जनसवाल राष्ट्रिय दैनिक

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार