बुधवार, आश्विन १४ गते २०८३

कोसीबाट एकैचोटि लुम्बिनी प्रदेशसम्म फैलियो मनसुन

बिहिवार , जेठ ३०, २०८२

काठमाडौँ । कोसी प्रदेशबाट मनसुन एकैचोटि लुम्बिनी प्रदेशसम्म फैलिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (जेठ २९, बिहीबार) कोसी प्रदेशबाट मधेस, बागमती, गण्डकी र लुम्बनी प्रदेशसम्म फैलिएको हो।

महाशाखाले बिहीबार साँझ बुलेटिन जारी गरी भनेको छ, ‘यस वर्षको मनसुन प्रणाली आज मिति २०८२/०२/२९ (१२ जुन) गतेका दिन कोसी प्रदेशका बाँकी भूभाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा प्रवेश गरेको छ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार