बिहिवार, आश्विन १५ गते २०८३
युरोकप २०२०

युरोकपको सेमिफाइनल आजदेखी, पहिलो खेलमा इटली र स्पेन भिड्दै

मंगलवार , आषाढ २२, २०७८

काठमाडौं । युरोकप २०२० को पहिलो सेमिफाइनलमा मंगलबार राति हुँदै छ । सेमिफाइनल अन्तरगत पहिलो खेलमा इटली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।

लण्डनस्थित वेम्वली मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । यी दुई टोली युरोकपको नकआउट राउण्डमा भिड्न लागेको यो लगातार चौथो पटक हो ।

सन् २००८ र २०१२ मा स्पेनले इटलीलाई पराजित गरेको थियो भने २०१६ मा इटलीले बदला लिएको थियो ।
यस संस्करणमा इटली र स्पेन अपराजित छन् । अझ इटलीले खेलेका सबै ५ खेल जितेको छ ।

स्पेनले राम्रो सुरुआत गर्न नसके पनि पछिल्ला खेलहरुमा राम्रो खेल्दै आएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार