बिहिवार, आश्विन १५ गते २०८३

प्रतितोला २ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको छ । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको थियो । आज घटेर छापावाल सुन तोलामा १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बैशाख ९ गते सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँ बढेर एक लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला दुई हजार १ सय ६५ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा दुई हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार