बुधवार, आश्विन १४ गते २०८३

यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

बुधवार , आषाढ ४, २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (असार ४, बुधबार) को सम्भावित मौसम तथा वर्षाबारे जानकारी दिएको छ। 

महाशाखाले बिहान ६ बजे जारी बुलेटिन

आज दिउँसो: कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का वर्षा/ हिमपातको सम्भावना छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार