आइतवार, आश्विन १८ गते २०८३

प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न भएको छ ।

बुधबार सिंहदरबारमा सम्पन्न बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे परिचयात्मक छलफल भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले जानकारी दिएका छन् । उनले राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन चाँडै गरी अर्को साता दोस्रो पूर्ण बैठक बस्ने तय भएको बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानी गर्दै उपाध्यक्ष अधिकारीले भने, ‘आज पहिलो बैठक हो । अब कुन मोडालिटीमा अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो । स्पेसिफिक एजेण्डा भण्दापनि अब हामी कसरी अगाडि बढ्ने र आयोगको कामलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा छलफल भयो ।’

गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार