बिहिवार, आश्विन १५ गते २०८३

सुनचाँदीको मूल्य सामान्य घट्यो

बिहिवार , आषाढ ५, २०८२

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदी २ हजार २०० रुपैयाँ कायम भएको छ । 

यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको थियो । 

यस आधारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको महासंघले जनाएको छ ।महासंघका अनुसार केही दिन आन्दोलनका कारण बन्द भएका राजधानीका सुनचाँदी पसल बिहीबारदेखि निर्बाध सञ्चालनमा आएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार