आइतवार, आश्विन १८ गते २०८३

६१ किलो सुन तस्करी प्रकरण : माओवादी नेतृ अमला रोक्का पक्राउ

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी माओवादी नेतृ अमला रोक्का पक्राउ परेकी छिन्। शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काठमाडौँको टोखाबाट पक्राउ गरेको हो ।

अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्। उनी माओवादीको रोल्पा काठमाडौँ सम्पर्क मञ्चकी पूर्वउपाध्यक्षसमेत हुन्।

 २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक-शुमा सुन रहेको सूचनापछि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो।  

भन्सार जाँच भइसकेर छुटेको ब्रेकशुलाई नियन्त्रणमा लिँदा ६० किलो ७१६ ग्राम सुन भेटिएको थियो। तत्कालीन अवस्थामा दिलिप भुजेलको नाममा दर्ता भएको रेडी ट्रेड प्रालिले ब्रेकशु मगाएको अनुसन्धानमा खुलेको थियो।  दावालाई राजश्व अनुसन्धान विभागको टोलीले २०८० साउन १४ गते पक्राउ गरेको थियो। तर अमला फरार थिइन्। 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार