काठमाडौं । आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा पाँचसय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८ सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९४ हजार सातसय रुपैयाँ कायम भएको थियो । आज बढेर छापावाल सुन तोलामा १ लाख ९५ हजार दुईसय रुपैयाँमा कारोबार भइरहेको छ । बैशाख ९ गते सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँ बढेर एक लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला दुई हजार १ सय ५० कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा दुई हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।