आइतवार, आश्विन २५ गते २०८३

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ?

मंगलवार , भाद्र १, २०७८

काठमाडौं। लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सभामा सम्बोधन गर्ने र दलका शीर्ष नेताहरुले शुभकामना दिने कार्यसूची रहेको छ। 

गत साउन २७ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावका लागि बोलाइएको विशेष अधिवेशन सोही दिन अन्त्य भएको थियो। पोखरेलले राजीनामा दिएपछि चार दलीय गठबन्धनबाट  साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। 

आह्वान भएको अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनसक्ने आंकलन गरिएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार