आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूह तीन दशमलव १३ र जलविद्युत् समूह २.७८ प्रतिशतले घटेको हो ।
यसदिन जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९८ प्रतिशतले बढेको छ ।पियोर इनर्जी लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको ७५ करोड ७३ लाख ९७ हजार ३७१ बराबरको २१ करोड ८३ लाख ८२२ बराबरको कारोबार भएको छ ।
आइतबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचक बैंकिङ ११.४९, विकास बैंक ४६.८८, फाइनान्स २५.८७, जलविद्युत् १००.९७, माइक्रोफाइनान्स ५४.१६, होटल २१७.४२, अन्य १४.१६, सामूहिक लगानी कोष ०.०७, उत्पादन ७५.०५, व्यापार २९.४७, जीवन बीमा १३५.२३, निर्जीवन बीमा समूह ५८.३४ अंकले घटेका छन् ।