काठमाडौं। बागमती प्रदेशसभा बैठक आज बस्दै छ। प्रदेशको चालु वर्ष २०७८–०७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो बैठक आज बस्न लागेको हो। प्रदेशको चालु वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलोपटक प्रदेशसभा बैठक बस्न लागेको हो । बैठक दिउँसो दुई बजेका लागि बोलाइएको छ ।
प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता छ। यसैगरी उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका छन्।