बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमाथि सांसदहरूले प्रस्तुत गरेको २३ वटा खर्च कटौतीका प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा अस्वीकृत गरिएका छन् ।
सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।