बिहिवार, आश्विन १५ गते २०८३

यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब १४ सय दिराम तय

शुक्रवार , आषाढ १३, २०८२

 काठमाडौँ । यूएई जाने श्रमिकको तलब कम्तिमा १४ सय दिराम तय भएको छ । आवुधाबीमा रहेको नेपाली दूतावासले नयाँ तलब–स्केल सार्वजनिक गर्दै तोकिएको तलबभन्दा कममा मागपत्र प्रमाणीकरण नहुने जनाएको छ ।

दूतावासका अनुसार अदक्ष श्रमिकले मासिक न्यूनतम तलब १ हजार दिराम र खाना खर्च ४ सय दिराम गरेर कम्तीमा १४ सय दिराम पाउनुपर्नेछ । त्यस्तै अर्धदक्ष कामदारले मासिक न्यूनतम तलब १२ सय दिराम र खाना खर्च ४ सय दिराम गरेर कम्तीमा १६ सय दिराम पाउनुपर्छ ।

दक्ष कामदारले मासिक न्यूनतम तलब १५ सय दिराम र खाना खर्च ४ सय दिराम गरेर कम्तीमा १९ सय दिराम पाउनुपर्छ । उच्च दक्षता भएका श्रमिकको हकमा न्यूनतम ६ हजार दिराम तलब र खाना खर्च ६ सय गरी कम्तीमा छ हजार चार सय दिराम हुनुपर्छ ।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यूएई जाने नेपाली कामदारको न्यूनतम तलब मासिक एक हजार दिराम हुनुपर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार