बिहिवार, आश्विन १५ गते २०८३

११ महिनामा ३९ अर्बको धान नेपाल भित्रियो

आइतवार , आषाढ १५, २०८२

काठमाडौँ । धान आयातमा पछिल्लो ११ महिनामा करीब ३९ अर्ब रुपैयाँ विदेशीएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१/८२ को जेठ मसान्त सम्ममा धान/चामल आयातमा मात्रै ३८ अर्ब ९४ करोड़ रुपैयाँ विदेशिएको हो ।

विभागका अनुसार यस अवधिमा सो मूल्य बराबरको ७ लाख ५३ हजार मेट्रिक टन धान, धानको बीउ, चामल र कनिका आयात भएको हो । गत आवको यस अवधिमा नेपालमा करीब २१ अर्ब १३ करोड रुपैयाँ बराबरको ३ लाख ९० हजार मेट्रिक टन धान आयात भएको थियो ।

विशेषगरि चालममा बढ़ी निर्भरता, त्यसमध्ये पनि नेपालमा कम उत्पादन हुने मसिना तथा वासनादार चामलमा उपभोक्ताको बढ़ी रोजाइ, छिमेकी मुलुक भारतले धान निर्यातमा लिने नीतिगत व्यवस्था लगायतका कारण उत्पादन वृद्धि हुँदाहुँदै पनि  धान/चामलको आयात अपेक्षाकृत कम हुन नसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भनाई छ ।

मन्त्रालयका अनुसार नेपालमा करीब ७० लाख मेट्रिक टन धानको माग छ । चालु आवको तथ्यांक अनुसार नेपालमा कूल ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन उत्पादन भएको थियो । यस हिसाबले अझैं नेपालमा करीब १० लाख मेट्रिक टन धान अपुग रहेको देखिन्छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार