बुधवार, आश्विन १४ गते २०८३

बैतडीको डिलाशैनीमा चौलानी नदीमा हाम फालेर २६ बर्षीय युवक बेपत्ता

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । बैतडीको डिलाशैनीमा चौलानी नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–३ सिमारका अन्दाजी २६ बर्षीय महेश राना चौलानी नदीमा हाम फालेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रानाले सोमबार बिहान साढे ६ बजेतिर आफ्नै घर नजिकबाट चौलानी नदीमा हाम फालेको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

बेपत्ता रानाको खोजीका लागि नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । रानाले चौलानी नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार