बुधवार, आश्विन १४ गते २०८३

पूर्वपश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा आयो

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएको छ ।

पुल नहुँदा सडक अवरुद्ध भइरहने विनयी खोलामा आजदेखि नयाँ पुल सञ्चालनमा आएको हो । योसँगै पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा केही सहजता भएको छ । यसअघि पुल नहुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परिरहेको थियो । पुल भत्किएको ठाउँमा डाइभर्सन बनाइएको भए पनि बाढीले बगाउने गरेकोले आवतजावतमा समस्या पर्ने गरेको थियो ।

डाइभर्सन बिग्रिएपछि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउने गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार