आइतवार, श्रावण २४ गते २०८३

गायिका चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो । उनीविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । एलिनाले ब्युरोमा अन्य तीनजनाविरुद्ध पनि जाहेरी दिएकी छन् । उनीहरूमध्ये केही विदेशमा रहेको खुलेको छ ।

गायिका एलिना र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आफूविरुद्ध भद्दा र अमर्यादित कमेन्ट गर्नेहरूको ‘प्रोफाइल एक्सपोज’ अभियान चलाइरहेकी छन् । ती मध्ये निकृष्ट ढंगले आक्रमण गर्नेविरुद्ध कानुनी कारबाहीमा जाने घोषणा नै गरेकी छन् । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार