काठमाडौं । कर्णाली करिडोर अर्न्तगत हुम्लाको चुवाखोलामा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज पुलको उद्घाटन गर्न सुर्खेत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली खराब मौसमका कारण सुर्खेतमै रोकिएका छन् ।
बिहान साढे १० बजे सुर्खेत पुगेका प्रधानमन्त्री ओलीसहितको टोली सुर्खेतमै रोकिएको हो । प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वप्रधानमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र पूर्वमन्त्री तथा एमालेका उपमहासिचव प्रदीप ज्ञवाली रहेका छन् । कालिकोटतिरको खण्डमा मौसम खराब रहेको छ ।
मौसम खराबीका कारण हेलिकोप्टर उड्न नसकेपछि प्रधानमन्त्रीसहितको टोली नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टरमा बसेको छ । कर्णाली करिडोर निर्माण थालनी भएको २६ वर्षपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।