आइतवार, आश्विन १८ गते २०८३

पूर्वराजा ज्ञानेन्द्रलाई जन्मोत्सवको शुभकामना दिन निर्मल निवास खुला गरियो (तस्वीरसहित)

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाएका छन् । उनको जन्मोत्सवका अवसरमा शुभकामना दिनका लागि निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ ।

purbaraja (1).jpg

जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ । जसअनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला गरिएको हो ।

purbaraja (2).jpg

सो समयमा राजावादी संघ संगठनका साथै सर्वसाधारणसमेत पूर्वराजालाई शुभकामना दिनका लागि लामबद्ध देखिन्छन् ।

purbaraja (4).jpg

purbaraja (3).jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार