आइतवार, आश्विन १८ गते २०८३

स्पेन सम्मेलनमा मेरो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि बढ्यो : प्रधानमन्त्री ओली

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे जानकारी गराएका हुन् ।

आफ्नो भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले सम्मेलनमा आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको बताएका छन् । उनले भने, ‘सम्मेलनमा मेरो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध र संयुक्त राष्ट्रसङ्घसँगको सहकार्य अझ सुदृढ बनाउन सहयोग पुगेको छ ।’

उनले यस्ता भ्रमणहरू नेपालको कूटनीतिक उपस्थिति तथा अन्तर्राष्ट्रिय विश्वसनीयताका दृष्टिकोणले महत्त्वपूर्ण हुने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘सम्मेलनमा मेरो सहभागिताले नेपालको वैदेशिक सम्बन्ध र संयुक्त राष्ट्रसङ्घसँगको सम्बनध बलियो बनाउन सहयोग गरेको छ ।’सम्मेलनमा नेपालको हित र आवाज मुखरित गरेको समेत प्रधानमन्त्रीको भनाइ छ ।

उनले भने, ‘वास्तवमा यस पटकको भ्रमणले नेपालको हित, नेपालको पहिचान र नेपालको आवाज, त्यो मात्रै होइन, हामीले आफू जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको समेत आवाजलाई त्यहाँ मुखरित गर्ने काम गरेका छौँ ।’

प्रधानमन्त्री ओली स्पेनको सेभियामा आयोजना भएको संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन असार १४ गते स्पेन प्रस्थान गरेका थिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार