काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका ३ न्यायाधीश नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थापा उच्च अदालत दिपायल र पौडेल उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश र पोखरेल वरिष्ठ अधिवक्ता रहेका थिए ।