बुधवार, आश्विन १४ गते २०८३

रसुवामा ठूलो बाढी: नेपाल-चीन जोड्ने मितेरी पुल बगायो

मंगलवार , आषाढ २४, २०८२

काठमाडौँ । रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ ।तिब्बती क्षेत्रमा भएको बर्षापछि बाढी आएको अनुमान गरिएको छ ।

बाढीले रसुवागढी भन्सार क्षेत्रमा पार्किङ गरिएका गाडी, भन्सार गर्न राखिएका सामानहरुसमेत बगाएको छ। बाढीले मानिसहरुसमेत बगाएको आशंका गरिएको छ। कतिपय मानिस अझैपनि नदि क्षेत्रमा फसेका प्रहरीले जनाएको छ।

यसैगरी करिब तीन बजे आएको बाढीले रसुवास्थित टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुगेको छ। भन्सार जाँच पास गर्न राखिएका र भइसकेका केही विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छ। यसैबीच स्थानीय प्रशासनले त्रिशुलीका तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार