बुधवार, आश्विन १४ गते २०८३

नेपाली सेना मार्फत रसुवागढी जलविद्युत् आयोजनामा फसेका कामदारको उद्धार

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । नेपाली सेनाले रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारहरूको उद्धार गरेको छ ।

नेपाल चीन सिमानाको लेन्डे खोला हुँदै भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरूलाई अन्य सुरक्षा निकाय र स्थानीयहरूको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ ।

यस्तै, सेनाको धादिङ्ग स्थित नं. ६ बाहिनी अड्डाबाट गल्छी हुँदै त्रिशुलीतर्फ र रसुवास्थित श्रीनाथ गणबाट स्याफ्रुवेशी ईलाकातर्फ बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यका लागि थप फौज खटिएको पनि सेनाले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार